शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको आरोप

बुधबार, ३० भदौ २०७८, १० : ३८
बुधबार, ३० भदौ २०७८

उत्तर कोरियाले दुईवटा बालिस्टिक मिसाइल इस्ट सीमा प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ । जेसीएसले यसअघि अज्ञात वस्तु प्रहार गरिएको जनाएको थियो भने जापानको कोस्ट गार्डले पनि केही वस्तु प्रहार भएको र त्यो क्षेप्यास्त्र हुनसक्ने बताएको थियो ।

दुई दिनअघि मात्र उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । विज्ञहरूले क्रुज मिसाइलले परमाणु हतियार बोक्न सक्ने बताएका छन् ।

पछिल्लो क्षेप्यास्त्र प्रहारबारे जापान र दक्षिण कोरियाले थप जानकारी दिएको छैन । संयुक्त राष्ट्रले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई रोक्न प्रतिबन्धहरू लगाए पनि उसले क्षेप्यास्त्र परीक्षण रोकेको छैन । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले क्रुज मिसाइलको परीक्षणलाई भने प्रतिबन्ध गरेको छैन । तर, बालिस्टिक मिसाइलले ठूलो मात्रामा विस्फोटक पदार्थ बोक्न सक्ने भएकाले त्यसलाई घातक मानिन्छ । यसले तीव्र गतिमा लामो दुरीसम्म प्रहार गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप