शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अव्यवस्थित तार/पोलहरू ७ दिनभित्र हटाउन सुर्खेत प्रशासनको ‘अल्टिमेटम’

बुधबार, ३० भदौ २०७८, १० : २५
बुधबार, ३० भदौ २०७८


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अव्यवस्थित तार र पोलहरूले सहरको सौन्दर्य घटाएको भन्दै  ७ दिनभित्र यस्ता तार र पोलहरू हटाउन सुर्खेत प्रशासनले ‘अल्टिमेटम’ दिएको छ। इन्टरनेट, केबुल नेटवर्क, विद्युत्का जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोग नभएका अनावश्यक तारहरू हटाउन र व्यवस्थित गर्न ‘अल्टिमेटम’ दिएको हो । 

 प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक जसो लोडसेडिङले गर्दा उपभोक्ताहरूले हैरानी खेप्नु परेको छ। पुराना कमजोर संरचनाले गर्दा हावा चले विद्युत् अवरुद्ध हुने परम्परा जस्तै बनेको छ । विगत ५ दिन यता कर्णालीका सबै जसो जिल्लामा पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् अनियमित हुँदा सेवा प्रवाहमा समेत समस्या भएको छ। 

यसैलाई मध्यनजर गरी नेपाल टेलिकम र विद्युत् प्राधिकरणले प्रयोग नभएका, सडे गलेका र रिप्लेश गरी जमिनमै छाडिएका पोलहरूको समेत तत्काल उपयुक्त तरिकाले व्यवस्था गर्न निर्देशन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनले भने,‘इन्टरनेट, केबुल नेटवर्कका सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग समन्वयन नगरी पोलहरूमार्फत तारहरू जडान नगर्न आग्रह गरिएको छ।’ 

अव्यवस्थित तारहरूले सहरी सौन्दर्य घटाएको र दुर्घटनाको समेत हुने गरेको छ,’उनले भने ।

साथै यो विषयमा आगामी असोज ६ गते नेपाल टेलिकमका कार्यालय प्रमुखको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, हुलाक निर्देशनालय र सेवा प्रदायकहरूको प्रतिनिधि सम्मिलित टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन समेत पेस गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप