बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा आज ओलीले सम्बोधन गर्ने‍

बुधबार, ३० भदौ २०७८, ०९ : ३५
बुधबार, ३० भदौ २०७८

बुटवल  । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्। आज दिउँसो बुटवलमा हुने एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नको लागि ओली बुटवल आउन थालेका हुन् ।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका अगुवा कार्यकर्ता सहभागी हुने एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईँले रातोपाटीलाई बताए ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप–महासचिवद्वय विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्ने छन् ।


भेलाका लागि जिल्लाका सबै कमिटी र सङ्गठनहरू परिचालन गरिएको तथा व्यवस्थापकीय तयारी सबै पूरा भएको बताए । 

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन ठाउँ ठाउँमा कार्यक्रम  गर्न थालिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप