शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली रुपन्देही आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

बुधबार, ३० भदौ २०७८, ०८ : २३
बुधबार, ३० भदौ २०७८

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।  बुधबार दिउँसो लागि बोलाइएको बैठक  भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको  थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो ।

एमाले संसदीय दले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त हुने जानकारी गराएपछि एक दिनलाई बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप