आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

person explore access_timeभदौ ३०, २०७८ chat_bubble_outline0

हाल नेपालमा भारतको छत्तिसगढ र मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

बुधबार देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बिहीबार देशभर सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यता शुक्रबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।