शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको कीर्तिमान तर युनाइटेड स्तब्ध

बुधबार, ३० भदौ २०७८, ०६ : ३२
बुधबार, ३० भदौ २०७८

म्यानचेस्टर युनाइटेड फर्किएपछि च्याम्पियन्स लिगको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इन्जुरी समयमा गोल खाँदै युनाइटेड यङ ब्वाइजसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड १–२ गोलले पराजित भएको हो ।

च्याम्पियन्स लिगमा सर्वाधिक १७७ खेल खेल्ने कीर्तिमान बराबरी गरेका रोनाल्डोले खेलको १३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर वान बिसाकाले रातो कार्ड खाएपछि युनाइटेड खेलको ३५ औँ मिनेटमा नै १० खेलाडीमा सीमित बन्न पुग्यो ।

यसको फाइदा उठाउँदै माउमी एनगामालेउले ६६ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीतर्फ खेल अग्रसर बनिरहँदा रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका जेसे लिन्डगार्डले गल्ती गरेपछि जोर्डन सिबात्चेउले गोल गर्दै युनाइटेडलाई स्तब्ध बनाए । 

समूहको अर्को खेलमा भिल्लेरियाल र एटलान्टा २–२ को बराबरीमा रोकिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप