बहुसङ्ख्यकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि हुन आएमा प्रादेशिक भाषा बनाइने
मङ्गलबार, २९ भदौ २०७८, २१ : ४८
भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ । सो जनगणनामा थारु भाषामात्र प्रयोग भएको थियो ।
आयोगले आफ्नो सिफारिसबारे प्राप्त सुझाव र प्रतिक्रियामा ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गरी उक्त प्रदेशमा रानाथारु भाषा सो प्रदेशमा बहुसङ्ख्यकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि हुन आएमा आगामी दिनमा सिफारिसलाई पुनरावलोकन र संशोधन गरिने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता डा लोकबहादुर लोप्चनले जारी गरेको विज्ञप्तिमा स्थानीय तह र समुदायसँग मिलेर आयोगले कञ्चनपुर र कैलाली जिल्लामा बोलिने रानाथारु भाषाको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको पनि जानकारी दिएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै