केएमसीमा नेपालकै ठूलो एनआईसीयू
काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो ।
४० शैयाको नवजात शिशु सघन उपचार कक्ष र १० शैयाको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरूको उपचारका लागि ५० शैयाको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपालमा अहिलेसम्म प्रयोग नभएका अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याएर बालबालिकाहरूको उपचारका लागि मुलुककै ठूलो सघन उपचार कक्ष सञ्चालन गरेका छौं,’ डा.शर्माले भने, ‘यसले नवजात शिशु र बालबालिकाहरुको उपचारमा निकै सहज हुनेछ ।’
उमेर नपुग्दै जन्मिएको शिशुलाई आमाको गर्भ जस्तै अवस्थामा राख्ने जिराफ ओम्निबेड इन्क्यूव्याटर मेसिन र १ किलो भन्दा कम तौल भएका नवजात शिशुलाई फोक्सोको उपचारमा प्रयोग गरिने हाइ फृक्वेन्सी ओस्सिल्याटोरी भेन्टिलेटरसहितका उपकरण केएमसीले प्रयोगमा ल्याएको छ । यी दुबै मेसिन नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको अस्पतालका वालरोग बिभाग प्रमुख प्रा.डा.सुनिल राजा मानन्धरको दावी छ । उनका अनुसार उमेर नपुग्दै जन्मिएका २६ हप्तादेखि २८ हप्तासम्मको नवजात शिशुलाई यो उपकरणको प्रयोग गरेर बचाउँन सकिन्छ ।
केएमसीले प्रयोगमा ल्याएका अत्याधुनिक उपकरणले नवजात शिशु र वाल मृत्युदर कम गर्न सघाउ पुग्ने केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘अत्याधुनिक उपकरणसहित नेपालकै सबैभन्दा ठूलो ४० बेडको एनआईसीयू केएमसीले सञ्चालनमा ल्याएको छ, यति ठूलो एनआईसीयू नेपालमा अन्त छैन । यसले नवजात शिशु तथा वाल मृत्यदर घटाउन सघाउ पुर्याउँछ ।’
केएमसीले यसअघि २५ शैयाको नवजात शिशु सघन उपचार कक्ष र ५ शैयाको बालरोग सघन उपचार कक्ष सञ्चालन गर्दै आएको थियो । शैया बिस्तार गरेर अत्याधुनिक उपकरण प्रयोगमा ल्याई केएमसीले बालबालिकाको सघन उपचार कक्षलाई नेपालकै अब्बल बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको समस्या व्यवस्थापनका लागि कर्जा सूचना केन्द्र स्थापना गरिने
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा