शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको विघटित सरकारका राजदूतद्वारा राष्ट्रसंघलाई मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न आग्रह

मङ्गलबार, २९ भदौ २०७८, २१ : २९
मङ्गलबार, २९ भदौ २०७८

गत महिना तालिबानी विद्रोही सेनाले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाए सँगै विघटित सरकारद्वारा नियुक्त एक अफगानी राजदूतले संयुक्त राष्टसंघले तालिबान इस्लामिक समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न संयुक्त राष्टसंघलाई आग्रह गरेका गरेका छन् । 

जेनभामा आयोजित संयुक्त राष्टसंघको मानव अधिकार परिषद्मा बोल्दै राष्टसंघका लागि अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिबानले गत अगष्ट १५ मा अफगानिस्तानको सत्ताकब्जा गरेपछि भएका हिंसात्मक घटनाको अन्तर्राष्टिय स्तरबाट छानविन हुनुपर्ने माग राखेका हुन्। उक्त कार्यक्रममा बोल्दै राजदूत अन्दिशाले तालिबान समूहले विशेष गरी महिला तथा बालिकाहरू माथि गरेको हिंसात्मक दुर्व्यवहार माथिछान विनहुनु पर्ने माग राखेका छन्।

‘लाखौँ मानिस आज मानव अधिकार र जीवन के हुन्छ भनेर डराएर बसेको अवस्थामा विश्व समुदाय मौन बस्नु हुँदैन र सक्दैन’  राजदूत अन्दिशाले भने, ‘अफगानिस्तानमा आज मानवीयता माथि नै संकट आइपरेको छ ।’

उनले संयुक्त राष्टसंघको अधिकार प्राप्त टोलीलाई ‘तत्काल अफगानिस्तानको पछिल्लो अवस्थाका विषयमा अनुसन्धान र सत्य तथ्य संकलन गर्दै मानवअधिकार उल्लङघनका घटनाका विषयलाई लिपिबद्ध गर्न  पठाउन जोड दिए । यसै क्रममा राजदूत अन्दिशाले पञ्जशिर उपत्याकामा पनि राष्टसंघको टोली पुग्नु पर्ने माग राखे । अमेरिकी सेना स्वदेश  फिर्ता भएपछि तालिबानले पछिल्लो समय पञ्नशिर उपत्याकालाई नियन्त्रणमा लिएको छ । 
 

अन्दिशालाई अफगानिस्तानका यसअघिका राष्टपति अश्रफ घानीले संयुक्त राष्टसंघका लागि अफगानिस्तानको स्थायी प्रतिनिधिका रुपमा जेनेभा पठाउनुभएको थियो । अफगानिस्तानमा तालिबान सरकार गठन भए पनि उनलाई स्वदेश  फिर्ता बोलाइएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप