बेलायतमा अर्को साताबाट कोरोनाविरुद्धको तेस्रो डोज खोप लगाइने
बेलायतमा लामो समयको प्रतीक्षापछि कोरोनाविरुद्धको तेस्रो अर्थात् ‘बुस्टर’ डोज खोप वितरण गरिने भएको छ । अर्को साताबाट प्राथमिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् ।
कम्तीमा तीन करोड बेलायती नागरिकहरूलाई बुस्टर डोज खोप दिने तयारी भएको पनि उनले बताए । सुरुमा ५० वर्ष उमेर पुगेका, शारीरिक अवस्था कमजोर भएका १६ देखि ४९ वर्ष उमेरका तथा अग्रपङ्क्तिमा खटिएर काम गर्ने हेल्थ एन्ड केयर वर्कर्सहरुलाई उक्त खोप वितरण गरिने अधिकारीहरूले जनाएका छन् ।
यसअघि जुनसुकै खोप लगाइएको भए पनि बूस्टर डोजको रूपमा फाइजरको खोपलाई मुख्य प्राथमिकतामा राखिएको छ । तेस्रो अर्थात् बूस्टर डोजको खोप लगाउन दोस्रो डोज लगाएको छ महिना पुगेको हुनुपर्नेछ । ५० वर्ष भन्दा कम उमेरका स्वस्थ व्यक्तिलाई भने बूस्टर डोज लगाउने सम्बन्धमा कुनै निर्णय भएको छैन ।
जोइन्ट कमिटी अन भ्याक्सिन एन्ड इम्युनाइजेशन (जेसीभीआइ) ले बुस्टर खोपलाई वितरण गर्ने सल्लाह दिएपछि बेलायत सरकारले तत्कालै खोप वितरण तयारी थालेको हो । आगामी साताबाट सुरु गरिने बुस्टर डोज आउँदो क्रिसमससम्ममा पूरा गर्ने सरकारको लक्ष्य छ । कोरोनाविरुद्धको खोपका साथै फ्लू ज्याब पनि लगाउन सकिने जेसीभीआइ र एमएचआरए ले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक घट्यो
-
जैसवाल,कोहली र राहुलको उत्कृष्ट ब्याटिङसँगै भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य
-
जाडो सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?