शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

मङ्गलबार, २९ भदौ २०७८, २० : ३९
मङ्गलबार, २९ भदौ २०७८

टिकटक बनाउने क्रममा तनहुँमा सेती नदीमा खसेर युवती बेपत्ता भएकी छिन् । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी छन् । 

टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बेपत्ता भएकी हुन् ।

केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगार्डेन पुगेकी थिइन् । लम्साल टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएपछि साथीहरूले अभिभावक र प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजे घट्नाबारे जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक खड्काले बताए ।

स्थानीय ,आफन्त र प्रहरीले लम्सालको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप