सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घ सोडारी चयन
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी चयन भएका छन् । सो पार्टीका ज्येष्ठ प्रदेशसभा सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मन्त्री सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य दुर्गाकुमारी विकका अनुसार संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई जनाएको समर्थनलाई निरन्तरता दिने सम्बन्धमा सर्वसम्मत निर्णय गरिएको हो । यस सम्बन्धमा प्रदेशसभा सचिवालयलाई मंगलबार नै औपचारिक रुपमा जानकारी गराइएको उनको भनाइ छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन जारी राख्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित भएको छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीका १४ र माओवादी केन्द्रका १३ सांसद छन् । सरकारमा रहेका यी दुवै दलका सांसद मिलाउँदा प्रदेशसभामा सरकारको पक्षमा पूर्ण बहुमत रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने