बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिक्षक हत्याकाण्ड :  अनुसन्धानका लागि दुई जना प्रहरीको नियन्त्रणमा

मङ्गलबार, २९ भदौ २०७८, १९ : ३८
मङ्गलबार, २९ भदौ २०७८


सुर्खेत ।  दैलेख प्रहरीले  शिक्षकको हत्या आशङ्कामा दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणका लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजीत सुनारले हत्याको आशङ्कामा ती व्यक्तिहरूलाई नियन्त्रणका लगेर दैलेख सदरमुकाम पु–याइएको रातोपाटीलाई जानकारी दिए । यद्यपि, उनले नाम भने खुलाउन चाहेनन् । 

गुराँस गाउँपालिका –८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव भेटिएको थियो । 

सोमबार राती उनको हत्या गरेर उनकै अध्यापन गराउने विद्यालयको बरन्डामा शव भेटिएको प्रहरीले जनाएको छ। मंगलबार बिहान दूध पु¥याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप