माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा आयोग गठन
मङ्गलबार, २९ भदौ २०७८, १९ : ३६
नेकपा (माओवादी) केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले विधान पारित गरेको हो ।
पारित विधान केन्द्रीय समिति बैठक वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन हुने माओवादीले जनाएको छ ।
त्यस्तै, मंगलबारको बैठकले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय आयोग बनाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा सोही आयोगलाई दिएको छ । पार्टीको विधान परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको महराले जानकारी दिए ।