‘नमस्ते पे’ मोबाइल वालेट संचालनमा, के के छन् सेवाहरु ?
![‘नमस्ते पे’ मोबाइल वालेट संचालनमा, के के छन् सेवाहरु ?](https://rpcdn.ratopati.com/media/albums/namaste_pay_E1AzpphIWi.jpg)
काठमाडौं । ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा संचालनमा आएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट सुरु भएको हो ।
मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले उक्त मोबाइल वालेट संचालमा ल्याएको कम्पनीले जनाएको छ ।
यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टप अप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी, मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ ।
सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु भएको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोग मार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो