शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

मङ्गलबार, २९ भदौ २०७८, १९ : १५
मङ्गलबार, २९ भदौ २०७८

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङ बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको छ । सम्झौता सँगै अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । 

आज सम्पन्न एक कार्यक्रम बीच सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुत रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे । योसँगै अब निकट भविष्यमै सांग्रिला बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप