शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाललाई महाशक्ति मुलुकको द्वन्द्व–मैदान बनाउने दिशामा अग्रसर नगराइयोस्’

मङ्गलबार, २९ भदौ २०७८, १८ : ३०
मङ्गलबार, २९ भदौ २०७८

प्रगतिशील रूपान्तरण आन्दोलन, नेपालले एमसीसीकाे नाममा देशलाई महाशक्ति मुलुकको द्वन्द्व–मैदान बनाउने दिशामा अग्रसर नगराउन सरकारको ध्यानाकर्षण गराएको छ । 

रुपान्तरण आन्दोलनको तर्फबाट संयोजक श्याम श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपालको ७० वर्ष लामो वैदेशिक सहयोगको इतिहासमा एमसीसी सम्झौता जति विवादित र जनविरोधको बिषय कुनै आयोजनामा नभएको समेत उल्लेख गरिएको छ । 

‘नेपाललाई पहिलो वैदेशिक सहायता प्रदान गर्ने अमेरिकाकै आजसम्मका अरु कुनै वैदेशिक अनुदान सम्झौता एमसीसी झैँ विवादित भएका छैनन्’, विज्ञप्तिमा भनिएको छ, ‘ पञ्चशील र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै अहिलेसम्म स्वतन्त्र र सार्वभौम रहिरहेको नेपाललाई कुनै महाशक्ति राष्ट्रको तथा उसको हिन्द–प्रशान्त रणनीतिको पक्षधर नबनाउन तथा आफ्नै छिमेकी मित्रराष्ट्र बिरुद्ध नेपाललाई महाशक्ति मुलुकको द्वन्द्व–मैदान बनाउने दिशामा अग्रसर नहुन समेत हामी सरकारको ध्यानाकर्षण गर्न चाहन्छौँ ।’
 
नेपालको सार्वभौमिकता, राष्ट्रिय सुरक्षामा हानी पु-याउने भएकै कारण एमसीसीको विरोध भएको विज्ञप्तिमा दावी गरिएको छ । मुलुकलाई हानी गर्ने एमसीसीलाई कदापि अनुमोदन नगर्न पनि आन्दोलनले सांसदहरूको ध्यानाकर्षण गराएको छ । 

हालै एमसीसीका उपाध्यक्ष फातिमा सुमार  लगायतका उच्च पदाधिकारीहरू नेपाल आएर एमसीसीको पक्षमा माहोल बनाउन खोज्नुले यसमा दाता मुलुकको रणनीतिक स्वार्थ रहेको पुष्टि हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप