शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव हुने

मङ्गलबार, २९ भदौ २०७८, १८ : ०६
मङ्गलबार, २९ भदौ २०७८

 बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहकै सचिव बनाइने भएको छ । संशोधित दरबन्दी सूचीमा स्वास्थ्य समूहकै सचिव राखिने उल्लेख गरिएको छ । 

प्रशासन समूहमा एघारौं तहकै सचिव हुनुपर्ने व्यवस्था दरबन्दी सूचीमा उल्लेख गरेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले चर्को विरोध गरेका थिए ।

 नयाँ दरबन्दी सूचीमा बागमती प्रदेशमा उपसचिवमा भने नवौँ र १० औं तहका प्रशासनतर्फका कर्मचारी रहने छन् । यस्तै, गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा. विनोद विन्दु शर्मा, लुम्बिनीमा डा. विकास देवकोटा सचिवमा नियुक्त भएका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप