१० बुँदे कार्यान्वयन हुन्छ : भीम रावल
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले विभाजन रोक्न गरिएको १० बुँदे सहमति कार्यान्वयन हुने दावी गरेका छन् । मंगलबार धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले यस्तो दावी गरेका हुन् ।
‘१० बुँदे प्रस्ताव कार्यान्वयन हुन्छ’ उनले भने, ‘केही स्वार्थी पदका लोभीहरुले आफनो भाग खोसिने डरले अनेकन हल्ला गरिरहेका छन् त वास्तविकता त्यस्तो होइन ।’
उनले कोहीकोही ताउलोमा नभई कसौंडीमा खान खोज्नेहरूले गलत हल्ला फिँजाइरहेको समेत बताए । ‘केही मान्छेहरु ताउलोमा होईन खिचडी पकाउने कसौंडीमा खान खोज्छन् तर एमालेमा त्यस्तो कहिल्यै पनि हुदैन’, नेता रावलको भनाइ छ ।
उनले मदन भण्डारीले उठाएको राष्ट्रवादको झण्डा आफुहरुले उठाइरहेको दावी समेत गरे ।
एमाले छोडेर समाजबादीमा लागेका नेताहरु एमसीसीका बारेमा किन चुप बसेका छन् भन्दै प्रश्न गरेका रावलले आफु पद र प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको बताए ।
उनले एमालेमाबाट जितेर समाजवादीमा लाग्ने नेताहरुलाई जनताले चुनावमार्फत दण्डित गर्ने ठोकुवा समेत गरे । रावल गृहजिल्ला अछाम सहितका जिल्ला भ्रमणका लागि मंगलबार धनगढी आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि