बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विनियोजन विधेयक आगामी बैठकबाट पारित हुने विश्वास

मङ्गलबार, २९ भदौ २०७८, १६ : २२
मङ्गलबार, २९ भदौ २०७८

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले असोज ४ गतेसम्म बजेट सञ्चालन गर्नमा पनि कुनै बाधा नपर्ने टिप्पणी पनि गरे । उनले भने,  ‘यो अध्यादेशबाट आएको कारणले प्रतिस्थापन विधेयक पेश भइसकेको छ । प्रतिस्थापन विधेयक पेश भइसकेको कारणले त्यो ६० दिनमा अन्त्य हुँदैन । र बजेट यहाँबाट पास हुन्छ भने मलाई लाग्छ ४ गते राखेको छ भइहाल्छ । बजेट सञ्चालन गर्न बाधा पर्दैन ।’

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्का सांसद सोमप्रसाद पाण्डेले किसानहरुलाई मलको समस्या पर्न थालेकाले सरकारले तुरुन्त मलको व्यवस्थापन गर्नुपर्ने बताए ।  मन्त्रालयमा मन्त्री नभएको भन्ने बहानामा मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराए । 

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले मन्त्रिमण्डल विस्तार पछि सरकारले मलको समस्या र उखु किसानको समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप