शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किम कार्दासियनको पहिरनमा बने मीम्स, रिहानाका प्रेमीलाई भनियो क्यान्डी क्रस

मङ्गलबार, २९ भदौ २०७८, १६ : २०
मङ्गलबार, २९ भदौ २०७८

मेट गाला २०२१ को सुरुवात भइसकेको छ । हलिउडका थुप्रै सेलिब्रिटीले यो भव्य र प्रतिष्ठित च्यारिटी इभेन्टमा भाग लिए । आफ्नो थीमका लागि परिचित मेट गालामा सधैं झैं यसपटक पनि केही भिन्न र अचम्मका पहिरन देख्न पाइयो । यसवर्ष मेट गाला २०२१ को थिम ‘इन अमेरिका : अ लेक्सिकन अफ फेसन’ हो ।

द मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा आयोजित हुने यो समारोहमा हलिउडका ठूला हस्ती जस्तै किम कार्दासियन, रिहाना, जेनिफर लोपेज, मेगन फक्स, बिली इलिश, टिमथी शेलेम, नाओमी ओसाका, लिल नास एक्ससहित अन्य समावेश भए । यो मौकामा थुप्रै सेलिब्रिटी यस्त थिए जसले आफ्नो लुक्समार्फत् अञ्जानमा प्रशंसक र सोसल मिडिया प्रयोगकर्तालाई बेस्सरी हसाए ।

किम कार्दासियनमाथि मीम्स भाइरलः

किम कार्दासियनको कुरा गर्ने हो भने उनी बेलेनसियागा ब्रान्डको हेड टु टो ब्ल्याक आउटफिटमा देखिइन् । यस्तोमा ट्वीटरमा किमको विषयमा थुप्रै मिम्स भाइरल  भइरहेका छन् । किमलाई ह्यारी पोर्टर फिल्ममा देखिने दमपिशाच अर्थात् डेमेन्टर बताइँदैछ । यसका साथै थुप्रै प्रयोगकर्ताले उनी भिडियो गेमको लक पात्र जसलाई अनलक गर्दा उनको लुक सार्वजनिक हुनेजस्तो देखिएको बताइँदै छ ।

किमबाहेक पनि थुप्रै सेलिब्रिटीको लुकमा मीम्स भाइरल भइरहेका छन् । यहाँ हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप