‘एमालेलाई सरकारबाट हटाउने मुख्य षड्यन्त्र माधव नेपालले गरे’
मङ्गलबार, २९ भदौ २०७८, १५ : ५१
नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव कुमार नेपालले नै गरेको दावी गरेका छन् ।
मंगलबार झापामा जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव नेपालले नै गरेको दावी गरेका हुन् ।
ओलीले एमाले कसरी सरकारबाट हट्यौ भन्ने फेहरिस्त पेस गर्दै भने, ‘खासगरी हामी सरकारबाट हट्ने कुरा अरु कसैले भन्दा पनि अरु कसैले केही गरेर पनि हटाउन सक्ने थिएनन्, एमालेलाई सरकारबाट हटाउने, विद्रोही बागी बनाउने, एमालेको निधारमा अनुशासनहीनता र अराजकताको कालो टीका लगाइदिनेजस्ता कामहरुको नेतृत्व माधव नेपालले गरेका हुन् ।’
अब भविष्यमा एमालेलाई विचारमा आधारित,सुदृढ संगठनका साथ गतिशिल पार्टीका रुपमा विकास गर्ने दावी समेत ओलीले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’