संसद अवरोध जायज छ, जारी रहन्छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् ।
मंगलबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटाले संसद चलाउन नसक्ने ठोकुवा समेत गरे । ‘सभामुखले निष्पक्षता अपनाउन नसकेपछि, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि हामीले उनलाई सभामुख मान्न सक्ने अवस्था भएन् । उनले संसद चलाउन सकेनन्, गैर सांसद राखेर संसद चलाउन नमिल्ने कानुन छ’, ओलीले भने, ‘बल मिचाइलाई स्वीकारेनौ । यो विलकुल जायज छ र जारी रहन्छ ।’
शेरबहादुर देउवा नेतृत्वको सरकार जनादेशबाट नआएको र परमादेशबाट आएको भन्दै जनादेशबाट अर्को सरकार आउनै नसक्ने भएकाले चुनाव भएपछि सत्तापक्ष थुरथुर भएको बताए ।
उनले ५ गठबन्धनमा आवद्ध पार्टीहरूलाई तीतेपातीको र एमालेलाई सालको रुखको संज्ञा दिँदै तीतेपातीका जति बुट्टा भएपनि सालको रुखलाई उछिन्न नसक्ने दावी समेत गरे । उनले फागुनमै निर्वाचन गरेर देखाउन चुनौती समेत दिए । ‘फागुनमा चुनाव गर, एमाले फुटेको छ । त्यतिबेला थाहा पाउँछौ,’ ओलीको चुनौती छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर