आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सडक डिभाइडर हस्तान्तरण

मङ्गलबार, २९ भदौ २०७८, १५ : २७
मङ्गलबार, २९ भदौ २०७८

जनकपुर । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सडक डिभाइडर हस्तान्तरण गरेको छ । मंगलबार जनकपुरधाममा २ नम्बर प्रहरी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि थन्क्याएर राखिएका साना तथा ठुला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको हो । सो अवसरमा मन्त्री रामसरोज यादवले आवश्यकता अनुसार जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्लाका मुकाममा भिडभाड तथा सवारीसाधनको चापलाई नियन्त्रित गर्दै थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्न निर्देशनसमेत दिए ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका मुख्य सडकखण्डमा अहिले कंक्रिटले बनाइएको डिभाइडर राखिएको छ । भिडभाड तथा सवारीसाधनको अत्याधिक चापले गर्दा समय समयमा दुर्घटना हुने गरेकाले सोको विकल्पको खोज्दै आवश्यकता अनुसार साना तथा ठुला खालका डिभाइडर राख्न धनुषा ट्राफिक प्रहरी कार्यालय मातहतका निकायलाई निर्देशन दिइएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधि,  धनुषा ट्राफिक प्रमुख नवराज न्यौपाने लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप