बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली

मङ्गलबार, २९ भदौ २०७८, १४ : २३
मङ्गलबार, २९ भदौ २०७८

कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ । मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो ।   
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार राजमार्गको दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका अन्तर्गत चिसा खोला नजिक पहिरोले सडक अवरुद्ध बनेको हो ।  
राजमार्ग खुलाउने प्रयास भईरहेको दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।  

सडकमा खसेको ठाउँमा हटाउने प्रयास भइरहेपनि माथिल्लो भागबाट  पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए ।
सडक डिभिजन कार्यालयका अनुसार सडक अबको केहीबेर पछि खुल्ने गरी काम भईरहेको छ।  

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि माथिल्लो कर्णाली र अछाम आवत–जावत गर्ने यात्रुहरु अलपत्र परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप