शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मापसे परीक्षण गर्दा भक्तपुरमा प्रहरीलाई दुर्व्यवहार, एकजना पक्राउ

मङ्गलबार, २९ भदौ २०७८, १४ : १६
मङ्गलबार, २९ भदौ २०७८

 

‘दुर्व्यवहार गरेको’ आरोपमा प्रहरीले भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–५ स्थित सल्लाघारीमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ४२ वर्षीय सोमनाथ अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारमा सवार अधिकारीलाई चेकजाँच गर्न खोज्दा उनले प्रहरीसँग विवाद गरेका थिए । महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरीको संयुक्त टिमसँग विवाद गरेर उनले मापसे परीक्षण गर्ने ब्रेथलाइजर फुटाएको बताइएको छ । अधिकारीमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप