शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : ढकाल

मङ्गलबार, २९ भदौ २०७८, १३ : ३४
मङ्गलबार, २९ भदौ २०७८


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् ।

मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए । पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राखेका छन् ।

‘हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौं,’ ढकालले भने, ‘पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।’

कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले आफूहरुले हालैमात्र ग्लोबल आईएमई बैंकका कर्मचारीलाई सुविधा स्वरुप उपलब्ध गराउँदै आएको वार्षिक १५ दिनको बिदा मध्ये सात दिन अनिवार्य रुपमा नेपालभित्रै घुम्नुपर्ने व्यवस्था गरेको स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप