सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

विनियोजन विधेयक बहुमतले स्वीकृत, अर्को बैठक असोज ४ गते

मङ्गलबार, २९ भदौ २०७८, १३ : २९
मङ्गलबार, २९ भदौ २०७८

 
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । अर्थमन्त्रीले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि नाम टिपाउन आग्रह गरेका थिए । 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए । उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा बोल्दै सो परियोजना पास गर्न नहुने बताए । 

सभामुखले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको छ । साथै सभामुखले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप