बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको नाराबाजी र अवरोधलाई सम्बोधन नगरी सभामुखले अघि बढाए सदनको कारवाही

मङ्गलबार, २९ भदौ २०७८, १३ : २३
मङ्गलबार, २९ भदौ २०७८

  
सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको नाराबाजी र अवरोधका बिच प्रतिनिधि सभाको बैठक अघि बढाएका छन् । आजको बैठकको सुरुवातमै उनले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका छन् । 

सभामुखले आजको बैठक सुरु भएको जानकारी गराउना साथ एमाले सांसद नाराबाजी गर्दै रोष्टमतिर दौडिएका दिए । उनले आजको बैठकमा एमालेलाई अवरोध नगर्न कुनै आग्रह गरेनन् । 

साथै सो विधेयकमाथि सैद्धान्तिक छलफल समेत अगाडि बढाएका छन् । सो विधेयकमाथि बोल्नका लागि उनले ३ मिनेटभित्र नाम टिपाउन समय दिएका छन् । सो विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले मात्र आफ्नो भनाई राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप