माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक
मङ्गलबार, २९ भदौ २०७८, १३ : ०९
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
सचिव ढकालका अनुसार बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । सोही सम्मेलनलाई ध्यानमा राख्दै आवस्यक तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागिएको नेताहरुले बताएका छन् । सम्मेलनको तयारीस्वरुप माओवादीले देशभर चार महिने संगठन विस्तार अभियान चलाउँदै आएको छ ।
साथै आजको बैठकमा सरकार विस्तार, संसदको अवरोध लगायतका समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल
-
५० हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन