विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि
मङ्गलबार, २९ भदौ २०७८, १३ : ०६
विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो ।
गत हप्ता ४ अर्ब १६ करोड ३७ लाख निक्षेप संकलन गर्न सफल राष्ट्रिय स्तरका विकास बैंकहरुले यो साता ९८ लाखले निक्षेप वृद्धि गर्दै ४ अर्ब १७ करोड ३६ लाख संकलन गरेका छन् ।
यता कर्जा लगानी तर्फ ०.७९ प्रतिशतले वृद्धि गरेका बैंकहरुले समिक्षा अवधिमा कुल ३ अर्ब ६८ करोड ८० लाख लगानी गरेका छन् । गत हप्ता बैंकहरुले ३ अर्ब ६५ करोड ९१ लाख लगानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ