'खुसीको पोको'ले ल्याएको मुस्कान, तस्बिरहरु हेर्नुहाेस्
सीतापाइला प्राविधिक विद्यालयको एउटा हल । ससाना विद्यार्थीहरू विभिन्न भेषभूषामा सजिएर, हातमा बेलुन लिएर बसेका थिए । उद्घोषकले बिस्तारै सबैको नाम बोलाउँदै स्टेजमा बोलाउँथे अनि प्रमुख अतिथिहरूले हरेक विद्यार्थीको हातमा एउटा हरियो झोला थमाउँथे ।
अनि छेवैमा राखिएको कार्टुनबाट मुठ्ठी भर चकलेट पाउँदा विद्यार्थीहरूको खुसीको सीमा नै थिएन । उनीहरू सकिनसकि आधा दर्जन कपी, १ दर्जन सीसा कलम, दाँत माझ्ने ब्रस, दन्तमन्झन, तौलिया र साबुन भएको झोला बोकेर निस्किरहेका थिए । सँगै रहेका शिक्षक–शिक्षिकाहरुले उनीहरुलाई सघाइरहेका थिए ।
“सरहरूले दिनुभएको यो झोला साह्रै गह्रुँगो रैछ तर यसमा हामीलाई चाहिने सबै कुरा छ । म यो घरमा लगेर आमालाई दिन्छु । उहाँले मलाई चाहिएको बेला निकालेर दिनुहुन्छ । नयाँ कपी अनि कलम पनि छ मलाई त साह्रै रमाइलो लागेको छ,” सात वर्षकी मनिता तामाङले रातोपाटीलाई भनिन् ।
नेपाल शिक्षक सङ्घ नागार्जुन शाखाले बाल दिवसको अवसरमा नगरपालिकामा रहेका १८ वटा विद्यालयका सहभागी विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको थियो ।
तस्बिरहरु हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी