बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सानिमा बैंकका ग्राहकलाई सामसङ फोन किन्ने यस्तो छ अफर

मङ्गलबार, २९ भदौ २०७८, १२ : ०८
मङ्गलबार, २९ भदौ २०७८

काठमाडौं । सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् ।

नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि—बुकिङ्ग गर्न सक्नेछन् । 
यसका साथै प्रि—बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

भदौ २० गतेबाट प्रि—बुकिङ शुरु भइसकेको र उक्त फोनको औपचारिक लन्च भने असोज ६ गते हुने कम्पनीले जनाएको छ । प्रि—बुकिङ आईएमएस स्मार्ट तथा सामसङ प्लाजा स्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटहरुबाट गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप