बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

३० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

मङ्गलबार, २९ भदौ २०७८, १२ : ०२
मङ्गलबार, २९ भदौ २०७८

 बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका दिपक कार्कीलाई काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।

३९ वर्षीय दिपक बिरुद्ध नारायण कार्कीले जाहेरी दिएका थिए । उच्च अदालत पाटनले उनीविरुद्ध २०७६ फागुन १८ मा ३० लाख जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार भएका थिए । फैसला कार्यान्वयनका लागी उनलाई जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको अपराध महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप