बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजेटपछि दुई धारमा स्टील उद्योगी

मङ्गलबार, २९ भदौ २०७८, ११ : ४८
मङ्गलबार, २९ भदौ २०७८

सरकारले गत साताको शुक्रबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेपछि देशका उद्योगी दुई धारमा बाँडिएका छन् । सरकारले बजेटमार्फत स्पञ्ज आइर (फलामको कच्चा) पदार्थको आयातमा शून्य भन्सारको व्यवस्था लागू गर्दै बिलेट (तयारी) बिलेटको आयातमा भन्सार बढाएपछि उद्योगी दुई धारमा बाँडिएका हुन् । 

नेपालमा फलाम/स्टील उत्पादन गर्ने उद्योगका तीन वटा संघ छन् । नेपाल स्टील रोलिङ मिल्स एशोसिएशन, नेपाल स्टील बिलेट उत्पादक संघ र नेपाल फलामे छड उत्पादक संघ दुई भागमा बाँडिएका हुन् ।

यी तीन संघमध्ये नेपाल फलामे छड उत्पादक संघ र नेपाल स्टील बिलेट उत्पादक संघ एकातिर र नेपाल स्टील रोलिङ मिल्स एशोसिएशन अर्कोतिर छ । रोलिङ मिल्स एशोसिएशनले सरकारले बजेटमार्फत ल्याएको नयाँ व्यवस्थाको विरोध गरिरहेको छ । तर, अन्य दुई वटा संघले उक्त व्यवस्थाको खुलेर स्वागत गर्दैछन् । 

रोलिङ मिल्स एशोसिएशन

यो एशोसिएशन​ले नेपालमा ३० वटा फलामे छड उत्पादन गर्ने उद्योग रहेको र तीमध्ये स्पञ्ज आइरनको प्रयोग गरेर छड उत्पादन गर्ने उद्योगको संख्या जम्मा ६ वटा रहेको बताएको छ । 

यसले गर्दा सरकारले सिमित उद्योगलाई फाइदा हुने गरेर निति ल्याउँदा बाँकी सबै उद्योगको लगानी प्रभावित हुने बताएको छ । संघले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जम्मा ६ वटा उद्योगलाई बचाउनका लागि २४ वटा उद्योगलाई बेवास्ता गरेको छ ।’ र, यो व्यवस्था तत्काल खारेज भएर पुरानै स्थितिमा लगिनुपर्ने उनीहरुको माग छ ।

नेपालमा स्पञ्ज आइरनको प्रयोग गरेर छड बनाउने उद्योग सिमित रहेको र बाँकी सबैले बिलेट ल्याएर डण्डी बनाउँदै आएको संघको दाबी छ । बिलेट ल्याएर डण्डी उत्पादन गर्ने उद्योगहरुमा करिब १ खर्बको लगानी रहेको उनीहरुको भनाई छ । यस्तै, ती उद्योगमा करिब ८ हजार जनाले रोजगारी पाएको एशोसिएशनले जानकारी दिएको छ ।

दुई संघ एकै ठाउँमा
स्टील उत्पादन गर्दै आएका अन्य दुई वटा संघ भने एकातिर उभिएका छन् । नेपाल फलामे छड उत्पादक संघ र नेपाल स्टील बिलेट उत्पादक संघले भने सरकारले बजेटमार्फत ल्याएको नीतिको खुलेर स्वागत गरेका हुन् । उनीहरुले बंगलादेश र पाकिस्तानमा पनि स्पञ्ज आइरन र बिलेटको आयातमा कम्तिमा १० प्रतिशत भन्सार महशुल फरक हुनुपर्ने बताएका छन् । यसबाट नेपालमा लगानी बढ्नुका साथै रोजगारी समेत बढ्ने यी दुई संघले दाबी गरेका छन् ।

यसैगरी, नेपाल रोलिङ मिल्स एशोसिएशनको नाममा केही उद्योगीको समूहले अनाधिकृत पत्रकार सम्मेलन गरेर भ्रम फैलाएको नेपाल फलामे छड उत्पादक संघले आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप