मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो, ‘वार्ताको ढोका खुल्ला छ’

मङ्गलबार, २९ भदौ २०७८, १० : ५८
मङ्गलबार, २९ भदौ २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनका उत्तर कोरियाली राजदूतले वार्ताका लागि ढोका खुल्ला भएको बताएका छन् । उत्तर कोरियाले सोमबार मात्रै लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको थियो ।

टोकियोमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीसँगको बैठकका बेला सुंग किमले सो कुरा बताएका हुन् ।

उनले भने, ‘एउटा कुरा स्पष्ट पार्न चाहन्छौं कि अमेरिकाको उत्तर कोरियाप्रति कुनै पनि शत्रुतापूर्ण भावना छैन ।’

तीनै देशका राजदूतले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि चर्चा गरेका छन् । यसबाहेक उनीहरु आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायताको प्रस्ताव दिनेबारे पनि विचार गरिरहेका छन् ।

स्मरण रहोस् पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले उत्तर कोरियाका शासक किम जोङ उनसँग दुई वर्ष अघि कुराकानीको कोसिस गरेका थिए तर त्यसमा खासै सफलता हासिल गर्न सकेन ।

मिसाइलको परीक्षण गरेको थियोः

यस्तै, आइतबार उत्तर कोरियाले उसले लामो दुरीको नयाँ प्रकारको क्रुज मिसाइलको सफल परीक्षण गरेको हो ।

उत्तर कोरियाको सरकारी मिडियाले भनेको थियो शनिबार र आइतबार दुई मिसाइल सार्वजनिक गरियो जसले १५०० किलोमिटरभन्दा बढीको यात्रा तय गर्नसक्छ ।

उत्तर कोरियाले पछिल्लो पटक क्रुज मिसाइलको परीक्षण जनवरीमा गरेको थियो जब राष्ट्रपति जो बाइडेनले अमेरिकाका राष्ट्रपति पदको शपथ लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप