शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा बन्दै फिल्म ‘यो मेरो दिल’

मङ्गलबार, २९ भदौ २०७८, १० : ५०
मङ्गलबार, २९ भदौ २०७८


स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समूहमा फिल्म छायांकन गर्ने अनुमति सरकारले दिएपछि अहिले धमाधम फिल्म छायांकनका लागि फ्लोरमा निस्किन थालेका छन् ।

यस्तैमा फिल्म ‘यो मेरो दिल’ पनि छायाँकन सुरु भएको छ । फिल्मको आइतबार सुटिङ सुरु भएको हो । फिल्म नुवाकोट आसपासको स्थानमा छायाँकन भइरहेको निर्देशक शंकर अधिकारी घायलले बताए । फिल्मले प्रेमका आरोह र अवरोहको कथा बिषयबस्तु बनाएको उनले सुनाए ।

समाजभित्रका विभिन्न विकृति र कुरीतिलाई समेत देखाउने फिल्ममा विवन तामाङ, प्रवेश लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेनु थापा, सूर्य तामाङ, दसबहादुर तामाङ, पदम सुनार लगायतको अभिनय रहेको छ ।

दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य रहने फिल्मको प्रदर्शन आउँदो तिहारमा हुने निर्माण युनिटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप