तीन वर्षीया बालिका मृत फेला प्रकरण : जङ्गली जनावरले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान

person explore access_timeभदौ २९, २०७८ chat_bubble_outline0

 

गत आइतबार बिहान गुल्मीको बाँझकटरीको झाडीमा मृत फेला परेकी ३ वर्षीया बालिकाको मृत्यु जङ्गली जनावरको आक्रमण भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । घटनास्थलमा पुगेका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले चितुवालगायतको जङ्गली जनावरले आक्रमण गरेर मारेको हो कि भन्ने प्रारम्भिक बुझाइ रहेको बताए । 'केही दिन त्यस टोलमा चितुवाले वटा बाख्रा र एउटा कुकुर मारेको भन्ने बुझिन आएको छ । तै पनि हामीले विभिन्न कोणबाट थप अनुसन्धान जारी राखेका छौँ,’ डिएसपी पाण्डेले भने ।

उनका अनुसार बालिकाको जुत्ता शव रहेको स्थानभन्दा केही तल फेला परेको थियो । जुत्ता भएको स्थानबाट माथि शव रहेको स्थानसम्म बालिका हिँडेर जान सक्ने अवस्था छैन । उनी पञ्चमी पूजाको मेलामा जानुअघि आमाले चिटिक्क सजाएर लगाई दिएको कपडा जस्ताको त्यस्तै देख्न सकिन्छ ।

त्यस दिन उनको आमा माइती मै थिइन् । हजुर आमा र बहिनीसँग पञ्चमी पूजामा गएका उनका जेठा छोरा घर फर्किएका थिए । दुई सन्तानसहित आमा मनीषा पोखरेल केही समययता माइती मै बस्दै आएकी थिइन् । उनका श्रीमान् भारतको मुम्बईबाट सोमबार घर आइपुगेका छन् । 

यता परिवारजनले भने घटना शङ्कास्पद भनेका छन् । बालिका आइतबार बिहान करिब साढे सात बजेको समयमा घरदेखि करिब ५ सय मिटर दुरीको झाडीमा मृत फेला परेकी थिइन् । शनिवार बिहान हजुर आमा भुसाल र दाजुसँगै पञ्चमीको पूजा गर्ने स्थानमा खेलिरहेकी बालिका बेपत्ता भएकी थिइन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।