मेट गालामा सेलिब्रेटीको फेसन : मेट्रिक्सदेखि स्टाचू अफ लिबर्टीसम्म (फोटोफिचर)

person explore access_timeभदौ २९, २०७८ chat_bubble_outline0

एजेन्सी
मेट गालालाई फेसन दुनियाँको सबैभन्दा ठूलो र स्टारहरुले भरिने कार्यक्रम मानिन्छ । यसपटक अमेरिकाको न्यूयोर्क सहरमा भव्यरुपमा रेड कार्पेटको आयोजना गरिएको छ । जसमा विश्वभरका चर्चित सेलिब्रेटीहरु देखिएका छन् ।

गत वर्ष कोरोना महामारीका कारण रोकियो यो कार्यक्रम यसवर्ष भने आयोजना गरिएको हो । मेट्रोपोलिटियन म्युजियम अफ आर्टस् कस्ट्यूम इन्सटिट्यूटका लागि सहायता रकम संकलन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो ।

सेलिब्रेटीहरुले कार्यक्रममा पूर्णरुपमा कोभिड–१९ को नियम पालना गर्नुपर्ने भए पनि बाहिर भने उनीहरु आफ्नो ग्ल्यामर प्रदर्शन गर्नबाट पछि हटेनन् । ​यसवर्षको पहिरनको विषयवस्तु ‘इन अमेरिका : अ लेक्सिकन अफ फेसन’ राखिएको थियो । पाहुनाहरुले म्याट्रिक्स चलचित्रदेखि स्टाचू अफ लिबर्टीसम्ममा आधारित रहेर पहिरन तयार गरेका थिए ।

यस कार्यक्रमलाई पप स्टार बिली इलिस, टेनिस खेलाडी नाओमी ओसाका, अभिनेता टिमोथी चालामेट र कवि अमान्डा गोरमानले सञ्चालन गर्नेछन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।