शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

मङ्गलबार, २९ भदौ २०७८, ०५ : ४९
मङ्गलबार, २९ भदौ २०७८

वि.सं.२०७८ साल भदौ २९ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–अष्टमी, दिउसो ०२ बजेर ४७ मिनेट उप्रान्त नवमी । नक्षत्र–ज्येष्ठा, बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त मूल । योग– प्रिती, बिहान ०९ बजेर ३५ मिनेट उप्रान्त आयुष्मान । करण–बव, दिउसो ०२ बजेर ३६ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ३७ मिनेट उप्रान्त कौलव ।  आनन्दादिमा–मुद्गर योग । 

चन्द्रराशि–वृश्चिक,बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त धनु । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान ३० घडी ४९ पला ।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरीको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ। भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरूमा लाभ मिल्ने समय रहेको । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेको छ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय बिताउँदा खुसी भएको महसुस गर्नेछन् ।  भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  वादविवाद तथा प्रतिस्पर्धामा शत्रु परास्त हुनेछन् । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ ।  

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मीयता बढेर जानेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । खानपान तथा मौसमको  ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  पारिवारिक माहौलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरू समयमा बन्नेछन् ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)   शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ । नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब सिर्जना हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  बुवा तथा बुवा सरहका मानिसबाट काममा सहयोग हुनेछ । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप