
सभामुख सापकोटा प्रचण्ड र माधव नेपालको मुख बने : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटा पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाएका छन् । सभामुख सापकोटाले संसदलाई कुनै काम नलाग्ने अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाको मुख बन्नुपर्नेमा प्रचण्ड र नेपालको मुख बनेको बताए ।
सोमबार साँझ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यही अवस्था कायम रहे प्रतिनिधिसभा चल्न नसक्ने अवस्थामा पुग्ने बताए । उनले पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएको समेत दाबी गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Sept. 14, 2021, 2:16 p.m. Manish Shrestha....... जसरी विद्यादेवी भण्डारी केपी र एमालेको मुख बनेकी थिइन् ....
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।