सभामुखलाई एमालेको पत्र : सूचना टाँस्नुहोस्, नभए ‘मार्ग प्रशस्त’ गर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको नेकपा एमालेले घुमाउरो भाषामा सभामुखको राजीनामा मागेको छ । एमालेले सभामुखलाई पत्र लेखेर माधव नेपालसहित १४ सांसदको कारबाहीबारे सूचना टाँस्ने आफ्नो माग दोहोर्याएको छ ।
सभामुख सापकोटाले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पत्र लेखेर सर्वदलीय बैठकको निम्तो दिएका थिए । तर, एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको छ । कानुन मन्त्री ज्ञानेन्द्र कार्कीसँगको फोन सम्वादमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकमा नजान दलका नेताबाट निर्देशन आएको बताएका थिए ।
अन्ततः एमालेले सभामुखलाई पत्र नै लेखेर माधव नेपालसहितका १४ सांसद माथिको कारबाहीबारे सूचना टाँस्न भनेको छ । सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्न एमालेले सभामुखलाई भनेको छ ।
सभामुखलाई लेखिएको पत्रबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले रातोपाटीसँग भने, ‘हामीले कि सूचना टाँस्नुहोस्, हैन भने अब मार्ग प्रशस्त गर्नोस् भनेर पत्र पठाएका छौँ ।’
यसअघि नेकपा एमालेले माधवकुमार नेपालसहित आफ्ना १४ सांसदलाई पदमुक्त गरेको पत्र सभामुखलाई बुझाएको थियो । तर, सभामुखले उनीहरूको कारबाहीबारे सूचना टाँस नगरी १३ दिनसम्म मुल्तबीमा राखेका थिए । यही अवधिमा निर्वाचन आयोगले माधव नेपालको नेतृत्वमा खुलेको पार्टीलाई मान्यता प्रदान गरेको थियो ।
यही विषयमा आपत्ति जनाउँदै एमालेले भदौ २३ देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदहरू पदमुक्त भएको सूचना सभामुखले सार्वजनिक गर्नुपर्ने एमालेको एक सूत्रीय माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
