शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नाकामा आवतजावत सहजीकरण गर्न माग गर्दै ज्ञापन पत्र

सोमबार, २८ भदौ २०७८, २० : ५८
सोमबार, २८ भदौ २०७८

रुपन्देहीको कालीदह ककरहवा नाका सहित जिल्लाका सबै नाकाहरूमा आवतजावतमा सहजीकरण गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गरेको स्थानीयहरूले गराएका छन् । आइतबार लुम्बिनीका नागरिक समाजले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई पत्र पठाएको अक्रम खानले बताए ।

उनले पछिल्लो समय समाजले प्रदेश सरकार देखी केन्द्र सरकारलाई नाका खुलाउन दवाव दिन सुरु गरेको बताए ।  छिटो भन्दा छिटो सीमा नाका सञ्चालन नगरे सबै व्यवसायीहरूले  चाहना रहेको भन्दै कोरोना सङ्क्रमण घट्दै गएकाले सम्पूर्ण सीमा नाका खोल्नुपर्ने माग गरेका  रहेको छ ।

सीमा क्षेत्रका नेपाली तथा भारतीय दुवैको एक अर्काको पारिवारिक सम्बन्ध समेत रहेकोले नाका बन्द हुँदा अप्ठेरो भएको स्थानीयहरूले गुनासो गरेका छन् ।  नाका बन्द भए पनि सर्वसाधारण डेढ किलोमिटरसम्म पैदल हिँडेर आवतजावत गरिरहेकाले नाका बन्द गर्नुको औचित्य नभएको व्यवसायीहरूको भनाइ छ । मुख्य नाका बन्द भए पनि वैकल्पिक बाटोबाट लुकिछिपी सामान आयात नरोकिँदा राज्यको करोडौँ राजस्व गुमेको जानकारहरुको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप