कर्णालीमा थप ४२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
सोमबार, २८ भदौ २०७८, २० : ३४

कर्णाली प्रदेशमा सोमबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ भने १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट भएको कोरोना परीक्षणका क्रममा ३४ र ११० जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी जुम्लाका २० जना रहेका छन् । यस्तै सुर्खेतमा १५, कालिकोटमा १, रुकुम पश्चिममा १, डोल्पामा १, दैलेखमा २ जना रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति पनि जुम्ला जिल्लाकै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६४ जना पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या घटेर ४४१ मा झरेको छ । सोमबार ४९ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण