टीसीएलको खरिदमा क्यास ब्याक साथमा बम्पर उपहार पनि
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टी.भी. समेत जित्न सकिने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत टीसीएलका विभिन्न सामानहरु जसमा एलईडी टी.भीको खरिदमा ५८ हजार ७०० रुपैयाँसम्म, वाशिङ मेसिनको खरिदमा २० हजार १०० रुपैयाँसम्मको क्यास ब्याक, एसीको खरिदमा ५१ हजार ५०० रुपैयाँसम्म र ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसी जडान र वाटर डिस्पेन्सरको खरिदमा ४ हजार २०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
टीसीएलका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएलएफओ टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस.एम.एस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा रवि ‘अन्सेन्सर्ड’ : निशानामा गगन
-
१० बजे, १० समाचार
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने