दशैंमा रिलिज हुन्छ त ‘चपली हाइट–३’ ?
कोरोनाको कारण बन्द भएका फिल्म हल खोल्न दिने निर्णयसँगै फिल्म रिलिजका लागि निर्माता तथा प्रदर्शक जुरमुराउन थालेका छन् । चलचित्र संघ, चलचित्र निर्माता संघ र वितरकहरु अहिले फिल्म रिलिजका लागि दैनिकजसो छलफलमा जुटेका छन् । निर्मातालाई राहत हुने गरी दशैंमा फिल्म रिलिज कसरी गर्न सकिन्छ भन्ने विषयमा अहिले फिल्म सम्बन्धी संघसंस्थाको दैनिक छलफल हुने गरेका छन् ।
दशैंबाट जसरी पनि हल संचालनमा ल्याउने तयारी आफूहरुले गरिरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । रिलिजको सुरुवात नयाँ फिल्मबाट गर्न सकियो भने हलमा पनि दर्शक आउने बुझाइ प्रधानको रहेको छ । त्यही अनुसार उनी तयारीमा पनि जुटिरहेका छन् ।
दशैंबाट फिल्म रिलिजको वातावरण बन्छ भनेर केही निर्माताले त माघ र चैतमा आफ्नो फिल्मको प्रदर्शन मिति समेत तोकिसकेका छन् । दशैंमा कुन फिल्म रिलिज हुन्छ । कसले देखाउला पहिलो फिल्म रिलिज आँट ? । अहिले भन्न सकिने अवस्था भने छैन ।
तर, फिल्म ‘चपली हाइट–३’का निर्माता अर्जुन कुमारले भने आफूले जोखिम मोल्ने आँट गरेको बताएका छन् । उनले सामाजिक संजालमा फिल्म ‘चपली हाइट–३’को एक पोस्टर शेयर गर्दै रिलिजको आँट देखाउने बताएका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन् ‘ यो कठिन समयमा फिल्म रिलिज गर्ने आँट गरेको छु । सम्पूर्ण साथीभाइ मिडियाका साथीहरु चलचित्र उद्योगका सम्पूर्ण सहकर्मी मित्रहरु, अग्रजहरुको सहयोग पाउँछु भन्ने आशा गरेको छु । हामी सबै मिली यो उद्योगलाई चलायमान बनाऔं ।’
अर्जुनले आफ्नो फिल्म कहिले रिलिज हुने भने केही खुलाएको छैनन् । तर उनको स्टाटस अनुसार पहिलो रिलिज फिल्म उनको ‘चपली हाइट ३’ हुने अनुमान गर्न सकिने कतिपयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह