प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन
सोमबार, २८ भदौ २०७८, १६ : ५२
नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।
एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।
पार्टीको प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको प्रदेश सांसद उप्रेतीले बताए ।
प्रदेश २ मा एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण