प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन
सोमबार, २८ भदौ २०७८, १६ : ५२

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।
एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।
पार्टीको प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको प्रदेश सांसद उप्रेतीले बताए ।
प्रदेश २ मा एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना