शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत सीमा सुरक्षा बैठक : नेपाल–भारत सीमा सिल गरिने

सोमबार, २८ भदौ २०७८, १६ : ४७
सोमबार, २८ भदौ २०७८

जनकपुर । नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बैठकले सुरक्षा सुदृढ बनाउने निर्णय गरेको छ । सोमबार जनकपुरमा दुई देशका सुरक्षा अधिकारीहरुको बैठकले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो ।

भारतको विहार राज्यको सीमावर्ती क्षेत्रमा सेप्टेम्बर २९ तारिखमा हुन लागेको ग्रामपञ्चायत चुनावलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि सीमा नाका सिल गर्ने निर्णय भएको हो ।

बैठकमा नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागु औषधको ओसारपसारमा वृद्धि भएको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधीहरू लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाई ध्यानाकर्षण गराएका थिए ।

बैठकमा अवैध सामग्रीहरु ओसार पोसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरु सकारात्मक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उक्त बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा भारतका तर्फबाट विहारका दरभंगाका डिभिजनल कमिस्नर डा. मनिष कुमार, मधुबनी जिल्लाका डिएम अमित कुमार, मधुबनीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबीका प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप