एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उप-नेतामा खनाल
नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको बैठकले संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन भएका छन् ।
एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार हेटौँडामा बसेको बैठकले खनाललाई संसदीय दलको उपनेता चयन गर्ने निर्णय गरेको हो ।
खनाल गत भदौ २ गते गठन भएको नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेका थिए ।
नेता खनालले भदौ १६ गते प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा उपस्थित भएर एकीकृत समाजवादी पार्टीमा सनाखत गरी भदौ १७ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।
त्यस्तै दलको प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गर्ने निर्णय गरेको छ भने बसुन्धारा हुमागाईलाई सचेतकमा सर्वसम्मतिले चयन गरिएको छ ।
त्यस्तै बैठकले बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि दलका नेता राजेन्द्र पाण्डेलाई समन्वय गर्ने जिम्मेवारी समेत प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण