शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उप-नेतामा खनाल

प्रमुख सचेतकमा सिग्देल
सोमबार, २८ भदौ २०७८, १६ : ४४
सोमबार, २८ भदौ २०७८

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको बैठकले संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन भएका छन् । 
एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार हेटौँडामा बसेको बैठकले खनाललाई संसदीय दलको उपनेता चयन गर्ने निर्णय गरेको हो । 

खनाल गत भदौ २ गते गठन भएको नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेका थिए । 
नेता खनालले भदौ १६ गते प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा उपस्थित भएर एकीकृत समाजवादी पार्टीमा सनाखत गरी भदौ १७ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै दलको प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गर्ने निर्णय गरेको छ भने बसुन्धारा हुमागाईलाई सचेतकमा सर्वसम्मतिले चयन गरिएको छ । 

त्यस्तै बैठकले बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि दलका नेता राजेन्द्र पाण्डेलाई समन्वय गर्ने जिम्मेवारी समेत प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप