शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोबिन्दाले श्रीमतीको लिपस्टिकको रङबारे भन्न नसकेपछि भने, ‘लिपस्टिकमा होइन, उसको ओठसँग मतलब छ’

सोमबार, २८ भदौ २०७८, १६ : ४२
सोमबार, २८ भदौ २०७८

‘द कपिल  शर्मा शो’ को आइतबार प्रशारण भएको संस्करणमा गोबिन्दा र उनकी श्रीमती सुनिता आहूजा विशेष पाहुना बनेर पुगेका थिए । कार्यक्रमको एउटा सेगमेन्टमा कपिल शर्माले गोबिन्दा सुनितको लुक्सबारे कति जानकार छन् भनेर जान्न चाहे । कपिलले गोबिन्दालाई सुनिताको झुम्काको रङबारे सोधे तर उनले गीत गाएर प्रश्नको जवाफ दिएनन्, ‘तेरे चेहरे से नजर नहीं हटती, नजारे हम क्या देखें ।’

असाध्यै अनरोमान्टिक छन्ः

जब शोमा गोबिन्दालाई सुनिताको नङ पालिसको रङबारे प्रश्न सोधियो तब उनले यसको जवाफ दिन सकेनन् । त्यतिबेला सुनिताले कपिललाई भनेका थिए, ‘यिनी अनरोमान्टिक छन् । ’ त्यसपछि कपिलले गोबिन्दालाई सुनिताले कुन शेडको लिपस्टिक लगाएकी छिन् भनेर सोधे । गोबिन्दा हाँसो र त्यसपछि उनले अन्दाज गर्दै ‘सुनिताको लिपस्टिक रातो हुनुपर्छ’ भने ।

त्यसपछि सुनिताले भनिन्, ‘रातै छ ? आउ चुम्बन गरेर हेर, बेटा ।’ गोबिन्दाले श्रीमतीलाई हेरेपछि पनि लाग्यो कि उनको लिपस्टिक रातै छ । तर उनकी श्रीमतीले यो ‘न्यूड शेड’ भएको बताइन् ।

मलाई उनको ओठसँग मतलब छः

अर्चना पूरन सिंहले कमेन्ट गर्र्दै गोबिन्दाले लिपस्टिकको शेड्सलाई बुझ्दैनन् भनिन् । यसबारे गोबिन्दाले भने, ‘म उसको शेड्समा कहिल्यै प्रवेश गरेको छैन । मलाई उनको ओठसँग मतलब छ ।’

विवाह भएको २५ वर्ष भयोः

गोबिन्दा र सुनिताले सन् १९८७ मा विवाह गरे र उनीहरुका दुई सन्तान छन् – टीना आहूजा र यशवर्धन आहूजा । उनीहरुले आफ्ना आफन्तसँग विवाहको २५ औं वर्षगाँठ लण्डनमा मनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप